Logo

२०८३, श्रावण २७गते


images
images

निगरानी

देवदहका विद्यालयमा जिप्सन : हल्ला भयो, काम भएन

देवदहका विद्यालयमा जिप्सन : हल्ला भयो, काम भएन

images
  • देवदहका विद्यालयमा जिप्सन : हल्ला भयो, काम भएन
    images
    images

    देवदह । गर्मीको समय छ - कुनैपनि सरकारी कार्यालयका प्रमुख वा वरिष्ठ कर्मचारीको कोठामा छिर्दा एसीको आनन्दित चिसोको महसुस हुन्छ । पदाधिकारी वा कर्मचारी कार्यालयमा होस् या नहोस् निरन्तर एसी चलेकै हुन्छ । कतिपय कार्यालयमा त रातिमा समेत एसी बन्द नगरी कोठामा ताल्चा लगाएर कार्यालय सहयोगी घर टाप कस्छन् । देशैभरका स्थानीय तह, ति मातहतका वडा कार्यालय र अन्य सरकारी अड्डामा पनि यो दुरुस्तै लागु हुन्छ ।

    images
    images
    images

    यसरी 'ठुला मान्छे'हरुको कार्यकक्षमा तातो, चिसो, खानपान, विविध शिर्षकमा भत्ता आदिको व्यवस्था हुँदा भविष्यका कर्णधार अर्थात् कलिला बालबालिका  भने जस्ताको छानामुनि तातो गर्मीमा बसेर पढ्नुपर्ने वाध्यतामा छन् । यो देशका अधिकांश सामुदायिक र निजी विद्यालयको समेत साझा समस्या हो ।  यही समस्यालाई बुझेर हुनुपर्छ, चालु आर्थिक वर्षको योजनामा देवदह नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका टिनका छानामा जिप्सन लगाउने कार्यक्रम अघि सार्यो । 

    images
    images
    images

    सामाजिक विकास समितिले मुल्यांकन गर्यो । शिक्षा शाखाले त्यसलाई वार्षिक कार्यक्रममा प्रवेश गरायो । कार्यपालिकामा समेत यो छलफलको विषय बन्यो र नगरभित्रका विभिन्न विद्यालयहरुका ८० वटा कोठामा जिप्सन लगाउने र त्यसको लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय भयो । त्यसको पुष्टि गर्दै गतवर्ष नगरसभा बैठकपछि पत्रकारसंग कुरा गर्दै नगर प्रवक्ता गणेश डुम्रेले यो वर्ष नगरपालिका शिक्षामा केन्द्रित भएको र जस्ताको छाना भएका सबै भवनमा जिप्सन लगाउन आवश्यक बजेट विनियोजन भएको बताएका थिए ।

    images
    images
    images

    बजेट आयो, योजना हरायो

    तर आर्थिक वर्ष सकिनै लाग्दा पनि विद्यालयमा जिप्सन लगाउने योजना अनुसार काम सुरसार छैन । यसरी हल्ला हुने तर काम नहुने देखिएपछि सेतोमसीले सोधेको प्रश्नमा प्रवक्ता डुम्रेले विद्यालयका अन्य पूर्वाधारमा काम भएपनि योजना अनुसार जिप्सन लगाउने काम हुन नसकेको बताए । "चालु आर्थिक वर्षमा जिप्सनको लागि २५ लाख रुपैयाँ छुट्याइएको हो ।" प्रवक्ता डुम्रेले भने, "तर संघीय सरकारबाट विद्यालय पूर्वाधार विकास शिर्षकमा ५५ लाख बजेट आएपछि नगरले त्यसमा २० प्रतिशत थप गर्नुपर्ने भयो । त्यही २५ लाखबाट १५ लाख केन्द्रको बजेटमा मिसाएर नगर विकास योजना किताबमा आएछ । जसका कारण सोचें अनुरुप काम हुन सकेन ।"

    नगर प्रवक्तासंग मात्र नभएर अन्य वडाअध्यक्षहरुसंग समेत यसबारे बुझ्दा उनीहरुले 'कार्यपालिकामा छलफल भएको तर पछि खै केके भयो काम भएन' भन्ने जवाफ दिए ।

    नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरी पाण्डेको भनाई पनि नगर प्रवक्तासंग मिल्दोजुल्दो छ । उनले आफुहरुले मेहनत गरेर योजना तयार गरेको तर कार्यान्वयन हुन नसक्दा दु:ख लागेको बताए । २५ लाख मध्ये १५ लाख केन्द्रको बजेटमा मिलाएर बाँकी रहेको १० लाख रुपैयाँ रुपैयाँ कुनकुन विद्यालयलाई कतिकति दिने भन्ने शिक्षा समितिमा छलफल हुने उनले बताए । 

    गतसालदेखि शिक्षकको दरबन्दी मिलान गरी माध्यमिक विद्यालयमा मावि तहका शिक्षकलाई प्रधानाध्यापक बनाएर शिक्षामा सुधारको संकेत गरेको देवदह नगरपालिकाले सानो बजेटमा सहजै गर्न सकिने कामसमेत नगर्दा शिक्षा क्षेत्रका सरोकारवालाहरु चिन्तित बनेका छन् । 

    "यो गर्मीमा बच्चा टिनको छानामुनि बसेर पढ्छ, पसिनाले निथ्रुक्कै भिजेको हुन्छ । घमौराले विरामी नै पर्ला जस्तो भइसक्यो ।" एक अभिभावकले नाम उल्लेख नगर्न अनुरोध गर्दै सेतोमसीसंग आफ्नो गुनासो पोखिन् ।

    शौचालय नहुँदा खेतमा जानुपर्ने वाध्यता

    त्यसो त एकातिर जिप्सनको कुरा गरिरहदा देवदहका कैयौं विद्यालयमा शुद्ध खानेपानी र शौचालयको समेत व्यवस्था छैन । देवदह-११ का वडा अध्यक्ष दुधनाथ यादव आफ्नो वडाको शंकर आधारभूत विद्यालयमा शौचालय नहुँदा बालबालिका खेतमा शौच जानुपर्ने वाध्यता रहेको बताए । 'शौचालयको लागि बजेट परेको भएपनि अहिलेसम्म काम भएन' उनले भने । 

    यसअघि विद्यालयमा ३७० जना विद्यार्थी रहेकोमा अहिले जम्मा २०० जना विद्यार्थी रहेको उनले बताए । शौचालयकै समस्याका कारण विद्यालयमा विद्यार्थी घटिरहेको उनको भनाइ छ ।

    वडा अध्यक्ष यादवले प्रदेश सरकारबाट शौचालयको लागि बजेट परेपछि वडाले त्यसमा योजना नराखेको तर अहिले शिक्षा समन्वय इकाइले ठेक्का जान नसकेर बजेट फ्रीज हुनेभयो भनेपछि समस्या थपिएको बताए । 'अब यो वर्ष विद्यालयको शौचालय बनाउन सकिएन भने आउने वर्ष वडाकै बजेट विनियोजन गरेर शौचालय बनाउँछु' वडा अध्यक्ष यादवले भने ।

    बालमैत्री अभ्यास नारामै सिमित 

    चैतदेखि भदौसम्मको घाम आगोझैँ तातिन्छ । त्यही तापमा विद्यालयका कक्षाकोठाहरू भित्रबाट भट्टीजस्ता हुन्छन् । बालबालिकाहरू पसिनाले लतपतिएका छन् । जाडो लाग्यो भने त्यही जस्ता बरफजस्तै चिसो भएर चिसोले पढाइ जम्नै दिँदैन । पानी पर्‍यो भने ‘बर्षा रोकीयोस्’ भन्ने प्रार्थनामा पढाइ सीमित हुन्छ, किनभने पानीको आवाजले पढ्नै नसकिने स्थिति आउँछ । तर जनप्रतिनिधि र कर्मचारी भने यो यथार्थबाट धेरै टाढा छन् । उनीहरु व्यवहारमा होइन, कागजमा बालमैत्री स्थानीय शासनका सूचक पुरा गरिरहेका छन् । 

    एउटा बालक उपचार गर्न नसकेर चन्दा माग्न वाध्य छ । अर्को बच्चा स्कुल छोडेर मजदुरी गर्न विवश छ । अनि विद्यालय जानसक्ने बालबालिकाहरु हिड्ने सडक धुलाम्य छन् । यही धुलो र सडकका खाल्डाखुल्डी छलेर जनतन विद्यालय पुगेका बालबालिकाहरुसमेत गर्मी, जाडो र कोलाहलसंग लडिरहेका छन् । 

    जीवनका सबैभन्दा सजिला र रमाइला दिन विताइरहेका हुनुपर्ने तिनै बालबालिका आज कठिनतासंग सम्झौता गर्न बाध्य छन् । जुन दृश्यले देवदह नगरपालिकाभित्र संचालन गरिएका बालमैत्री अभियानलाई गिज्याइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निगरानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।