Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक आन्दोलन

प्रधानमन्त्री र महासंघबीच छलफल : विद्यालय फर्किंन शिक्षकलाई आग्रह

प्रधानमन्त्री र महासंघबीच छलफल : विद्यालय फर्किंन शिक्षकलाई आग्रह

images
  • प्रधानमन्त्री र महासंघबीच छलफल : विद्यालय फर्किंन शिक्षकलाई आग्रह
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले शुक्रबार शिक्षक आन्दोलन र यसको समाधानका उपायमा छलफल गरेका छन्।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए।

    images
    images
    images

    शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित गरिनुपर्ने लगायतका माग राख्दै यही चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन थालेको थियो। प्रधानमन्त्री ओलीले आन्दोलनका जायज मागका बारेमा गृहकार्य गरी वार्ता र संवादमार्फत समाधानको प्रयास गर्ने बताएका छन्। उनले गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईलाई निर्देशन दिए पनि समस्याको समाधान हुन सकेको छैन।

    images
    images
    images

    २ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्ने निर्णय गरेको थियो। यसका लागि वैशाख १२ गते संघीय संसद बैठकको आह्वान गरिएको छ। तर प्रतिनिधी सभाका सभामुखले बजेट निर्माणको तयारी भईरहेकोले शिक्षा ऐन प्राथमिकतामा नपर्ने बताएपछि शिक्षकहरू आक्रोशित भएका थिए।   

    मन्त्रिपरिषद्को बैठकले महासङ्घका मागहरूमा संवेदनशीलता देखाउँदै संवादको प्रक्रिया जारी राख्ने कुरा स्पष्ट पारेको थियो। 

    शुक्रवारको वार्तामा प्रधानमन्त्रीले शिक्षक महासङ्घलाई विद्यालय फर्कन र आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।