Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने, निजी विद्यालयसंग माग्यो सहयोग

शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने, निजी विद्यालयसंग माग्यो सहयोग

images
  • शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने, निजी विद्यालयसंग माग्यो सहयोग
    फाईल फोटो : शिक्षक आन्दोलन
    images
    images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत महासंघले परीक्षामा सहभागी नहुने स्पष्ट पारेको हो।

    images
    images
    images

    शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले ‘स्कुल चलाउने’ घोषणा गरे पनि महासंघले उल्टै ‘स्कुल बन्द’ गर्ने निर्णय सार्वजनिक गरेको छ।

    images
    images
    images

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघ नेतृत्वको आन्दोलन २० चैतदेखि सडकमा छ। आन्दोलनलाई थप प्रभावकारी बनाउन महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सँग सहकार्यको आग्रह गरेको छ।

    images
    images
    images

    महासंघले देशभरका विद्यालय अनिश्चितकालीन बन्द गर्न र काठमाडौँमा जारी शैक्षिक आन्दोलनमा प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी अनिवार्य रूपमा सहभागी हुनुपर्ने निर्देशनसमेत जारी गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षक आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।