Logo

२०८३, श्रावण २७गते


images
images

धनुषामा सूचना नदिएको भन्दै मेयरविरुद्ध भैँसी जुलुस

धनुषामा सूचना नदिएको भन्दै मेयरविरुद्ध भैँसी जुलुस

images
  • धनुषामा   सूचना नदिएको भन्दै मेयरविरुद्ध भैँसी जुलुस
    images
    images

    जनकपुरधाम  भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर विजय शङ्कर साह र कर्मचारी विरुद्ध नगरवासीले भैँसी जुलुस प्रदर्शन गरेको छ । 

    images
    images
    images

    भ्रष्टाचारविरुद्ध संयुक्त सङ्घर्ष समितिको पदाधिकारीले विभिन्न शीर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेकोमा उहाँहरूको समर्थन गर्दै नगरवासीले आज मेयर साह र कर्मचारीहरू विरुद्ध भैँसी जुलुस निकालेका हुन् ।

    images
    images
    images

    सूचना माग गर्दा नगरप्रमुख साहसहित प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरू विरुद्ध साङ्केतिक रुपमा भैँसी जुलुस निकालेका हुन्  । 

    images
    images
    images

    जुलुसमा सहभागीहरूले मेयर र कर्मचारीहरू विरुद्ध नाराबाजी समेत गरेका छन्  । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुरधाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।