Logo

२०८३, श्रावण २७गते


images
images

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो

images
  • जनकपुरमा धोती, कुर्ता र सारी जुलुस निकालियो
    images
    images

    काठमाडौँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

    images
    images
    images

    पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् ।

    images
    images
    images

    धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा÷युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् । मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरूले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताए ।

    images
    images
    images

    उनले यसलाई अभियानकै रुपमा आफूहरूले अगाडी बढाएको बताए । यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहेका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्येक छठ घाटमा लैजाने अभियान रहेको बताए ।

    उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गरे । युवतीहरूमा सारीप्रति आकर्षण रहेपनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनीता महतोले दुःख व्यक्त गरिन् ।

    उनले युवतीहरूलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गरिन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनकपुरधाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।