Logo

२०८३, श्रावण २७गते


images
images

जग्गा कब्जा

काँग्रेसका मधेस प्रदेश सांसदद्धारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा

काँग्रेसका मधेस प्रदेश सांसदद्धारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा

images
  • काँग्रेसका मधेस प्रदेश सांसदद्धारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा
    images
    images

    काडमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ । सांसद रायले आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी जनकपुरधाम वडा नम्बर १४ स्थित विहार कुण्ड मन्दिरका जग्गा कब्जा गरेको आरोप स्थनीयहरु र महन्थहरुले लगाएका छन् ।

    images
    images
    images

    जनकपुरधाम स्थित विहार कुण्ड मन्दिरको वडा नम्बर १४ प्रहरी चौकी नजिकको रहेको जग्गा सांसद रायको नाममा मन्दिरका महन्थ रामसागर दासले करोडौँको जग्गा मनखप भनी कागज गरिदिएका छन् । अमितले सो जग्गामा अहिले अस्पताल निर्माण कार्य शुरु गरेका छन् । 

    images
    images
    images

    अस्पताल निर्माण गर्न जग्गामा माटो भर्न लाग्दा स्थानीयवासीले मन्दिरको जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनमा नभई सार्वजनिक कार्यमा प्रयोग हुनुपर्ने भन्दै विरोध जनाएपछि घटना बाहिरिएको हो । स्थानीयले विरोध गर्न खोज्दा बुधवारदेखि नै विवाद हुँदै आएको छ । स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएका छन् । 

    images
    images
    images

    जिप्रका धनुषाले सो निवेदनमा के कसो बुझेर कारवाही प्रक्रिया अघि बढाउने निर्देशन दिएपनि स्थानीय प्रहरी चौकीले विपक्षीसँग आर्थिक लेनदेनको आधारमा केही नगरी मौन बसेको स्थानीय दीपक पटेलले बताए । 

    अर्का स्थानीय गिरिशचन्द्र यादवले मन्दिरको जग्गामा सार्वजनिक काम हुनुपर्ने बताए । अहिले उक्त जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिएको बताउँदै उनले प्रहरीले कारवाही प्रक्रिया अघि नबढाएपनि आफूहरु मौन नबसी न्यायालयसम्म पुग्ने जानकारी दिए । 

    घटनास्थलमा पत्रकारहरु गइ जग्गाको बारेमा बुझ्न खोज्दा अमित यादवले आफूले जग्गा लिजमा लिएको र आफ्नो जग्गा भएको बताए । उनले आफूले कुनै कागजात नदिने भन्दै कसले के गर्नसक्छ गर्न चुनौति दिए । 

    सिट नं. १२७५—२४ को कि.नं. ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेको २ कट्ठा ४ धुर जग्गा पनि रामविनोद भन्ने व्यक्तिलाई दिएका छन् । 

    उक्त जग्गा मन्दिरका महन्थले सो बेला २०÷२२ लाख रुपैयाँ विक्री नै गरेको भन्ने कुरा महन्थ रामसागर दासले खुलाएका छन् । पत्रकारहरुसँग कुरा गर्दै महन्थ रामसागरले भने मन्दिरको जग्गा बेच्ने कानूनी प्रावधान नरहेको हुँदा मनखप भनी २०÷२२ लाख रुपैयाँ वर्तमान प्रदेश सांसद जंगीलाल राय यादवको छोरासँग विक्री गरेको हो । 

    दाताहरुले मठ मन्दिरको पूजाआजका लागि दान गर्ने जग्गा मठ मन्दिरका महन्थहरुबाट उच्च पदस्थ व्यक्तिहरुले कब्जा गर्ने जनकपुरधामको यो कुनै नौलो घटना होइन । यसअघि पनि सांसद, मन्त्री र कर्मचारीहरुले मठ मन्दिर र गुठीको जग्गा कब्जा गरिसकेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।