Logo

२०८३, श्रावण २७गते


images
images

समाज

छोरी जन्मेको खुसियालीमा १७३ परिवारलाई फाइवर सिरक वितरण

छोरी जन्मेको खुसियालीमा १७३ परिवारलाई फाइवर सिरक वितरण

छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न न्यानो वितरणसँगै साधुशन्तलाई भोज
images
  • छोरी जन्मेको खुसियालीमा १७३ परिवारलाई फाइवर सिरक वितरण
    images
    images

    जनकपुरधाम । छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

    images
    images
    images

    दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका-१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।

    images
    images
    images

    छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका-१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए ।

    images
    images
    images

    छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुशन्तको भण्डारा (भोज) समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।

    न्यानो लुगा वितरण कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतो लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।