Logo

२०८३, श्रावण २७गते


images
images

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

images
  • जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह
    images
    images

    काठमाडौं । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । सामुहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते सहितका आवश्यक पर्ने सबै सामग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

    images
    images
    images

    विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिव तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गर्ने काम भएको छ । विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो ।

    images
    images
    images

    जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयम्बरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जर पनि सोही सामुहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन् । जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् ।

    विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामुहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै अर्थका कारणले विवाह हुन नसकेकाहरूलाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले जनाएका छन् । विवाह गरेकाहरुको कानूनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए ।

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।