Logo

२०८३, श्रावण २७गते


images
images

भोलिदेखि जनकपुरधामका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

भोलिदेखि जनकपुरधामका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

images
  • भोलिदेखि जनकपुरधामका निजी विद्यालय अनिश्चितकालका लागि बन्द
    images
    images

    जनकपुरधाम । निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलीदेखि बन्द गर्ने निर्णय गरेका छन् ।

    images
    images
    images

    निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    कक्षा ११ र कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुको हकमा जनकपुरधाम उपमहानगर र नेपाल विद्यार्थी संघबीच भएको सम्झौता सच्याउन आग्रह गरिए पनि बेवास्ता गरेको भन्दै भोलीदेखि संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरले आफूहरूको माग कार्यान्वयन नगरेसम्म विद्यालयहरू अनिश्चितकालका लागि बन्द रहने जनाएको छ ।

    जारी गरिएको सो विज्ञप्तिमा भनिएको छ ‘जनकपुरधाम नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरूमा ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति’ मिति २०८१र/०५/१३ गतेको निर्णयअनुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१÷०५÷१४ गतेमा हिसान धनुषा आबद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुन २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने भएकाले यसलाई सच्याउन उपमहानगरलाई पत्रमार्फत आग्रह गरिएको थियो ।’ यद्यपि जनकपुरधाम उपमहानगरपालिकाले पत्रअनुसार केही पहल नगरेकाले सम्पूर्ण निजी विद्यालयहरू मंसिर ३ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका छौँ जारी गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    केही दिन अघि हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय भर्ना शुल्क निर्धारणसम्बन्धी गरेको निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन चेतावनी दिएका थिए ।

    उनीहरूले छात्रवृत्ति वितरणमा जनकपुरधाम उपमहानगरपालिकाले मनोमानी गर्दै आएको आरोप समेत लगाउँदै छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपककुमार ठाकुरले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।