Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

निजी विद्यालयले देशको शैक्षिक गुणस्तर उत्कृष्ट बनाएको छ : प्याब्सन केन्द्रिय अध्यक्ष अधिकारी

निजी विद्यालयले देशको शैक्षिक गुणस्तर उत्कृष्ट बनाएको छ : प्याब्सन केन्द्रिय अध्यक्ष अधिकारी

images
  • निजी विद्यालयले देशको शैक्षिक गुणस्तर उत्कृष्ट बनाएको छ : प्याब्सन केन्द्रिय अध्यक्ष अधिकारी
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी लगानीमा सञ्चालित विद्यालयहरुले देशको शैक्षिक गुणस्तर उत्कृष्ट बनाएको बताएका छन् । निजी विद्यालयले देशलाई आवश्यक पर्ने हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेको तर राज्यले सबैलाई अवसर प्रदान गर्न नसक्दा विदेशिनु परेको गुनासो गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा मात्र नभएर खेलकुद, नृत्य, गीत, संगीत र सम्पूर्ण अतिरिक्त क्रियाकलापमा समेत देशव्यापी रुपमा निजी विद्यालयहरुको विशिष्ट योगदान रहेको बताए । प्याब्सन रुपन्देहीको आयोजना र देवदह नगर प्याब्सनको आतिथ्यमा सम्पन्न तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै उनले केन्द्रिय प्याब्सनले हरेक बर्ष आयोजना गर्ने राष्ट्रिय लोक नृत्य प्रतियोगिताले मौलिक तथा साँस्कृतिक लोककलाको संरक्षण संबद्र्धन र विकास गर्न अतुलनीय योगदान पुगेको उल्लेख गरे ।

    images
    images
    images

    सो कार्यक्रममा प्याब्सनका उपाध्यक्ष टिकाराम न्यौपाने, महासचिव आर बी कटुवाल, पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेय, उपाध्यक्ष धनराज चापागाई, केन्द्रिय सचिवालय सदस्य, खेमेन्द्र राना, केन्द्रिय सदस्य यज्ञमूर्ति पाण्डेय, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोलेका थिए । 

    images
    images
    images

    प्रतियोगितामा कुँवरवर्ती ईङलिश बोर्डिङ स्कूल तिलोत्तमा प्रथम, सिद्धार्थ मोडर्न ई.बो.स्कूल शुद्धोधन द्वितीय, मुनलाईट ई.बो.स्कूल सिद्धार्थनगर तृतीय र गार्गी ई.बो.स्कूल बुटवल सान्त्वना भएका छन् । 

    रुपन्देहीका सम्पूर्ण पालिकाहरुबाट विजेता भएका विद्यालयहरुबाट जिल्लामा प्रतिस्पर्धा भएको र अब प्रदेश र केन्द्रमा प्रतिस्पर्धा हुने संयोजक बोधराज गौडेलले जानकारी दिए । 

    प्रतियोगितामा राजबहादुर गुरुङ र सुरेन्द्र देसारले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कुलराज शर्माको स्वागत , प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको धन्यवाद र सचिव बोधराज गौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।