Logo

२०८३, श्रावण २७गते


images
images

निजी विद्यालयले आम्दानीको निश्चित रकम शिक्षा कोषमा जम्मा गर्नुपर्ने, शुल्क पुनःनिर्धारण गरिने

निजी विद्यालयले आम्दानीको निश्चित रकम शिक्षा कोषमा जम्मा गर्नुपर्ने, शुल्क पुनःनिर्धारण गरिने

images
  • निजी विद्यालयले आम्दानीको निश्चित रकम शिक्षा कोषमा जम्मा गर्नुपर्ने, शुल्क पुनःनिर्धारण गरिने
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले बुझाउनुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए ।

    images
    images
    images

    आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए। यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए।

    images
    images
    images

    महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए।स‌ंस्थागत विद्यालयको शुल्क पुनःनिर्धारण गरेर वैज्ञानिक ढ‌ंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ।

    images
    images
    images

    दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ। यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए।

    यस्तै, काठमाडौं महानगरपालिकाले महानगर जनस्वास्थ्य ऐन जारी गर्ने, सहरी स्वास्थ्य केन्द्र बनाउने, नियमित स्वास्थ्य जाँच गरिने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।