Logo

२०८३, श्रावण २७गते


images
images

लोकतन्त्र एउटा हाइवे हो, हाइ वेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

लोकतन्त्र एउटा हाइवे हो, हाइ वेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

images
  • लोकतन्त्र एउटा हाइवे हो, हाइ वेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले योजनाहिन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे । उनले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको बताउँदै नेपालमा अहिले झुटको खेती धेरै हुने गरेकाले सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको उल्लेख गरे । 

    images
    images
    images

    ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन, योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता सहितको योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ । उनले भने, ‘जबसम्म परिस्थिति ठिक बनाउन सकिँदैन, धैयर्तापूर्वक हामी सक्रिय ढंगले, योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ । लाग्नुपर्दछ ।’ 

    images
    images
    images

    लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने समेत उनले सो अवसरमा बताए । प्रधानमन्त्री ओलीले सरकार योजनावद्ध गतिका साथ अघि बढिरहेको दावी गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।