Logo

२०८३, श्रावण २७गते


images
images

मधेशमा सडक

प्रधानमन्त्री ओलीले गरे मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

प्रधानमन्त्री ओलीले गरे मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

images
  • प्रधानमन्त्री ओलीले गरे मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
    images
    images

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आईतवार विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन् । 

    images
    images
    images

    धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक शिलान्यास गरेका हुन् ।

    images
    images
    images

    ती सबै सडक पाँच किलोमिटरका रहने मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    ६४ निर्वाचन क्षेत्रमा गरेर कुल तीन सय २० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गरिएको बताइएको छ ।

    सडक निर्माणमा कुल १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

    मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, तीन सय २६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।