Logo

२०८३, श्रावण २७गते


images
images

जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली

जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली

images
  • जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकतानुसा प्रदेश थपघट हुने बताएका छन्। यसैक्रममा उनले सात प्रदेश बढेर ९ वटा हुनसक्ने र घटेर ५ वटा हुन सक्ने पनि बताए।

    images
    images
    images

    शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्ष बढी सुधार हेरफेर हुनसक्ने बताए।

    images
    images
    images

    नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताए। उनले देश, विकास र जनताको आवश्यकतानुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे। उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए। 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्छन्। सातवटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छन्। त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन। ६ वटा पनि हुनसक्छ। त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो।’

    प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताए। उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए। 

    प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर गरे। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।