Logo

२०८३, श्रावण २७गते


images
images

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु

images
  • होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
    images
    images

    काठमाडौं । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । 

    images
    images
    images

    प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।

    images
    images
    images

    धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।