Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

आत्महत्याको प्रयास रोक्न पुगेका प्रहरीसहित तीन जनालाई छुरा प्रहार

आत्महत्याको प्रयास रोक्न पुगेका प्रहरीसहित तीन जनालाई छुरा प्रहार

images
  • आत्महत्याको प्रयास रोक्न पुगेका प्रहरीसहित तीन जनालाई छुरा प्रहार
    images
    images

    विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१ अनुकरण मार्गस्थित एक घरमा बस्दै आएका एक युवकले छुरा प्रहार गर्दा प्रहरीसहित तीन जना घाइते भएका छन्।

    images
    images
    images

    मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका करिब २९ वर्षीय रुबिण कार्कीलाई काठमाडौंस्थित सुधार गृह पठाउने तयारी भइरहेका बेला उनले कोठा थुनेर आत्महत्या गर्न खोजेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

    images
    images
    images

    सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुधार गृहका कर्मचारी र आफन्तसँग मिलेर कार्कीलाई सम्झाइबुझाइ गर्ने प्रयास गरेको थियो ।

    images
    images
    images

    सोही क्रममा कार्कीले आफू सुत्ने ओछ्यानमा लुकाइराखेको धारिलो छुरा एक्कासी निकालेर प्रहार गरेका थिए । छुरा प्रहारबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । तीनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ ।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट थप प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान र आवश्यक समन्वयको काम अघि बढाएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # छुरा प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।