Logo

२०८३, श्रावण २७गते


images
images

मनसुन पूर्वतयारी

प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा

प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा

images
  • प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा
    images
    images

    काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । 

    images
    images
    images

    विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको 'मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३' स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।

    images
    images
    images

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन- ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’

    images
    images
    images

    विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १/१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहको बताइएको छ । 

    नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा प्रहरी परिचालन गरिने प्रधान कार्यालयले जानकारी दिएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको र जनधनको क्षति न्यूनीकरणको लागि वृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू संचालन गरिएको बताएका छन् । साथै विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको उनले बताए । 

    नेपाल प्रहरीका विशिष्टिकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्वतयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको र प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टिकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने प्रधान कार्यालयले जानकारी दिएको छ । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ-संस्थासँग समन्वय गरी व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।