Logo

२०८३, श्रावण २७गते


images
images

होटलबाट खसेर बिहे मान्न आएका युवकको मृत्यु

होटलबाट खसेर बिहे मान्न आएका युवकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • होटलबाट खसेर बिहे मान्न आएका युवकको मृत्यु
    images
    images

    राजेश पराजुली,पोखरा । पोखराको लेकसाइड स्थित एक होटलको झ्यालबाट खसेर युवकको ज्यान गएको छ ।रौतहट जिल्ला गौर नगरपालिका घर भएका २८ वर्षीय भुवनेश झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    images
    images
    images

    पोखरा ६ लेकसाइड, स्ट्रीट १४ मा रहेको होटल तुलसीको दोस्रो तल्ला कोठा नं. ३०१ मा उनी बसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

    images
    images
    images

    डीएसपी शर्माका अनुसार ६ जनाको टोली मिलेर पोखरा घुम्न आएको र ३०१ नं. को कोठामा झा र अर्का एक साथी सुतेका थिए । ति साथीसहित पाँच जनासँग प्रहरीले सोधपुछ गरेको छ ।

    images
    images
    images

    होटलका सञ्चालक लक्सन श्रेष्ठका अनुसार होटलमा विगत तीन दिनदेखि उनीहरु बसेका थिए । टोलीमा एक युवती र तीन युवक गरी ४ जना बंगलादेशी, मृतक झा र अर्का एक नेपाली युवती थिए ।

    ‘पोखराकै साथीको बिहेमा सहभागी हुन टोली आएर हाम्रो होटलमा बसेका थिए । हिजो पनि रातभरी बाहिरै थिए । क्लब गएर आएको भन्ने सुनेँ । बिहान ७ बजेतिर मात्र होटल आएको सीसीटीभी फुटेजमा देखिन्छ ।’ सञ्चालक श्रेष्ठले भने ।

    माथि उक्लेको १ घण्टा पछि झा झ्यालबाट खसेको होटल सञ्चालकले बताएका छन् । ‘मृतकका आफन्तहरु आएका थिए । प्रहरीले शव बुझेर पोष्टमार्टमका लागि लगिसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युवकको मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।