काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलवार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसका स्ववियु उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ ।
यसअघि सोमवार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गरिएको थियो । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology