Logo

२०८३, मंसिर ३गते


images
images

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी

images
  • पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुनर्संरचनाअन्तर्गत पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    images
    images
    images

    विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको तीनमहिने कार्यप्रगति विवरणमा पीएन क्याम्पसलाई स्वायत्त संस्थाका रूपमा विकास गर्ने गृहकार्य अघि बढाइएको उल्लेख गरेको छ ।

    images
    images
    images

    राष्ट्रिय शिक्षा नीति, २०७६ ले त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणलाई कार्यान्वयन गर्ने क्रममा पीएन क्याम्पसलाई स्वायत्त बनाउने प्रक्रिया अघि बढाइएको हो ।

    images
    images

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्कबहादुर केसीका अनुसार क्याम्पसलाई स्वायत्त संस्थामा रूपान्तरण गर्दा शैक्षिक तथा प्रशासनिक सेवा विकेन्द्रीकरण, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

    आयोगका अनुसार क्याम्पसको रूपान्तरणका लागि आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना र कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने तथा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ । पीएन क्याम्पस स्वायत्त उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण भए गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधार तथा प्रशासनिक विकेन्द्रीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।