Logo

२०८३, कार्तिक २५गते


images
images

पक्राउ परेका विद्यार्थी रिहा गर्न ११ विद्यार्थी संगठनको माग

पक्राउ परेका विद्यार्थी रिहा गर्न ११ विद्यार्थी संगठनको माग

images
  • पक्राउ परेका विद्यार्थी रिहा गर्न ११ विद्यार्थी संगठनको माग
    images

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा पाँच विद्यार्थी नेता पक्राउ परेका छन् भने तत्काल रिहा गर्न विद्यार्थी संगठनले माग गरेका छन् । 

    images
    images
    images

    त्रिवि उपकुलपति भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा उपकुलपतिको कार्यालय परिसरबाट आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बिना कारण पक्राउ गरिएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । शुक्रबार साँझ ११ वटा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी तत्काल रिहा गर्न माग गरेका छन् ।  पाँचै विद्यार्थीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा उत्रिने विद्यार्थी संगठनले जनाएका छन् । 

    images
    images
    images

    रिहाको माग गर्ने ११ वटा विद्यार्थी संगठनमा नेविसंघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुका अध्यक्ष दिपक धामी,  अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठ, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, अखिल छैठौका अध्यक्ष सुबास जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष ह्याल तामाङ, विद्यार्थी सरोकार नेपालकी अध्यक्ष सुनिता बुढाथोकी र विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कुमार यादव रहेका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।