Logo

२०८३, श्रावण २७गते


images
images

स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

images
  • स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत्त खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

    images
    images
    images

    निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ। 'स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पार्ल्यामेन्टको निर्वाचन हो। राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्ति विकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ,' उनले भने ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 'तपाईंहरू जित्नेगरी स्ववियु तयारीमा जुट्नुहोस्। विद्यार्थीहरूको मन जित्ने काम गर्नुहोस्। पार्टी पूर्णरुपले नेविसंघको साथमा छ। कांग्रेस र यसका भ्रातृ संस्थाले तपाईंहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्,' उनले भने ।

    images
    images
    images

    वैधानिक रुपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्व विद्यालय र सरकार थप गम्भीर भएर कामगर्न आवस्यक रहेको उनले बताएका छन्। कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएको खण्डमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ ।

    त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरि सकेको छ । निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।