Logo

२०८३, कार्तिक १९गते


images
images

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण

images
  • कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ केन्द्रीय कार्यसमितिको विवरण
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापा नेतृत्वमा १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण बुझाएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा पुष्पा भुसाल महिला उपसभापति, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    त्यसैगरी प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कात्तिक १३ गते शपथ ग्रहण गरी पार्टीको जिम्मेवारी सम्हालेका थिए ।

    निर्वाचन आयोगमा विवरण बुझाएसँगै कांग्रेसको नयाँ नेतृत्वको विवरण आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।