Logo

२०८३, श्रावण २७गते


images
images

स्वतन्त्रतालाई कमजोरी मानेर नहौसिन पूर्वराजालाई गृहमन्त्रीको चेतावनी

स्वतन्त्रतालाई कमजोरी मानेर नहौसिन पूर्वराजालाई गृहमन्त्रीको चेतावनी

images
  • स्वतन्त्रतालाई कमजोरी मानेर नहौसिन पूर्वराजालाई गृहमन्त्रीको चेतावनी
    images
    images

    सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् । आइतवार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् ।

    images
    images
    images

    ‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।’, गृहमन्त्री लेखकले भने, ‘जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम कसैले नपाले हुन्छ ।’

    images
    images
    images

    उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह समेत गरे  । गृहमन्त्री लेखकले राज्यले दिएको स्वतन्त्रतालाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत पूर्वराजालाई चेतावनी दिएका छन् । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।