काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले देशमा सुशासन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए ।
सांसाद प्रधानले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए । उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, अपराधिक घटनाहरु धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको उल्लेख ।
उनले भने, ‘किसानलाई अहिले मल चाहिएको हो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? अहिले सुशासन चाहियो की गणतन्त्र चाहियो भन्दा के जवाफ आउँछ ? सहकारी पीडितलाई पैसा फिर्ता चाहियो की गणतन्त्र भन्दा के जवाफ आउँछ ? त्यसकारण जनभावनालाई, मानिसका आस्थालाई एउटा आस्थाले प्रतिनिधित्व गर्ने कुरालाई यस किसिमले प्रायोजित ढंगले कुरा गरिएका छन्, ति असल कुरा होइनन् ।’
सांसद प्रधानले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए । उनले शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने तर्क गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology