Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

किसानलाई भारी वर्षाबाट सतर्क रहन परिषदको सुझाव

किसानलाई भारी वर्षाबाट सतर्क रहन परिषदको सुझाव

images
  • किसानलाई भारी वर्षाबाट सतर्क रहन परिषदको सुझाव
    images
    images

    काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले आगामी एक साताका लागि देशभर मनसुनी प्रभाव कायम रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    परिषद्ले २५ असारसम्म देशभर मनसुनी प्रणाली सक्रिय रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

    images
    images
    images

    भारी वर्षा हुने क्षेत्रमा मकै, तरकारी, फलफूल बगैंचा, प्लास्टिक घर तथा पशुचौपायाका गोठ वरिपरि पानी जम्न नदिई उचित निकासको व्यवस्था गर्न परिषदले सुझाव दिएको छ। वर्षाको समयमा बालीमा विषादी प्रयोग गर्नुपरे मौसम अनुकूल भएको बेला मात्र प्रयोग गर्न तथा वर्षा भइरहेका बेला विषादी नछर्न पनि आग्रह गरिएको छ ।

    images
    images
    images

    धान खेती गर्ने किसानलाई सिफारिस गरिएका उन्नत जातका बीउ मात्र प्रयोग गर्न, बीउलाई विषादीबाट उपचार गरेर ब्याड राख्न तथा समयमै रोपाइँ सुरु गर्न सुझाव दिइएको छ। साथै कोदोको ब्याड राख्ने, सुन्तला तथा अन्य फलफूलका बिरुवा रोप्ने र फलफूल बगैंचामा रोग तथा कीराको समयमै व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ।

    तरकारी बालीमा गोलभेँडा, खुर्सानी, काँक्रो, फर्सी लगायतमा देखिने रोग तथा कीराको नियमित निगरानी गर्न, पानीको उचित निकास मिलाउन र आवश्यक परे सिफारिस गरिएका जैविक वा रासायनिक उपाय अपनाउन परिषद्ले सुझाव दिएको छ।

    पशुपालनतर्फ वर्षायाममा पशुचौपायाका खुट्टामा घाउ, कुहिने समस्या तथा विभिन्न संक्रामक रोगको जोखिम बढ्ने भएकाले गोठ सफा र सुख्खा राख्न तथा समस्या देखिए तत्काल पशु स्वास्थ्य प्राविधिकसँग सम्पर्क गर्न आग्रह गरिएको छ। कुखुरा र हाँसमा बर्ड फ्लुको जोखिम तथा बंगुरमा अफ्रिकी स्वाइन ज्वरोको सम्भावना रहेकाले जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन पनि भनिएको छ।

    माछापालन गर्ने किसानलाई भारी वर्षाका कारण पोखरीमा धमिलो पानी पस्न नदिन, निकासमा जाली राख्न तथा पानीको अम्लीयपन नियमित परीक्षण गर्न सल्लाह दिइएको छ । 

    बुलेटिनअनुसार गत साताभर देशभर मनसुनी वर्षा भएको थियो। सबैभन्दा धेरै वर्षा सङ्खुवासभाको नुम केन्द्रमा ३२४.५ मिलिमिटर मापन गरिएको थियो। साथै अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी रहेको उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।