Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

राजतन्त्र बारे पुर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

राजतन्त्र बारे पुर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

images
  • राजतन्त्र बारे पुर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रका बारेमा दिएको अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले पुर्वराष्ट्रपति भण्डारीले आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला भन्ने प्रश्न गर्दै पुर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् । 

    images
    images
    images

    ज्ञवालीले ईश्वर पोखरेल समुहले गरेको भेलाप्रति पनि प्रश्न उठाएका छन् । ज्ञवालीले महाधिवेशन सकिए लगत्तै गरिएको छुट्टै भेला अपेक्षित नभएको टिप्पणी गर्दै महाधिवेशनपछि पनि पूर्वकै ब्यागेज बोकेर दुई लाइनको सङ्घर्ष, प्रतिवाद, र खोक्रो एकता जस्तो बाटोमा हिँड्दा कहीँ नपुगिने बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।

    एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो- केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुन: अनुमोदित गरेको छ ।  अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन ।

    तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?

    पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।