काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिएका छन् ।
बिहिवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तनको लागि जनतालाई उक्साउनुभन्दा चुप लागेर बसे त्यसमै भलाई हुने बताए । उनले देशमा पुन : शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न पुर्वराजालाई आग्रह समेत गरे । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै यसबारे कुरा गर्न र सुन्न मात्र रमाइलो लाग्ने उनको भनाई छ ।
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको तर्क गर्दै सिटौलाले व्यवस्थाको चिन्ता नभई समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न अहिलेका युवाहरुलाई आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology