देवदह । नवौं देवदह महोत्सवमा सञ्चालित टिकटक प्रतियोगिताको उपाधि स्वस्तीका खड्काले जितेकी छन् । क्रिष्टीना क्षेत्री खड्काको नामबाट टिकटक एकाउन्ट चलाउने देवदह–९ निवासी खड्काले उपाधिसँगै नगद पाँच हजार रुपैंया जितेकी छन् ।
महोत्सवको उद्घाटनको दिनदेखि सुरु भई माघ २० गते राती १२ बजेसम्म अन्तिम समय सिमा तोकिएको टिकटक प्रतियोगितामा जम्मा ५६ जनाले आयोजकको गाइडलाईनलाई फलो गरेर टिकटक बनाएको पर्यटन प्रवद्र्धन एवम् तालिम तथा गोष्ठि व्यवस्थापन उपसमितिका संयोजक इश्वरी न्यौपानेले जानकारी दिए ।
देवदह क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्य सहित आयोजना गरिएको प्रतियोगितामा स्वस्तीकाले देवदका विभिन्न पर्यटकिय क्षेत्रहरुलाई पृष्ठभुमिमा राखेर देवदहमा घुम्न र हेर्न लायक स्थानहरु भनेर चर्चा गरेकी छन् ।
टिकटक प्रतियोगितामा उत्कृष्ट छनौट भएको उनको भिडियोमा २५ हजार भ्युज, चार हजार आठ सय ४१ लाइक, दुइ सय १७ कमेन्ट, एक सय सत्तरी फेभरेट र ३० वटा सेयर भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology