Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा भजन प्रतियोगिता, हरि कृर्तन भजन समुह भयो प्रथम

देवदह महोत्सवमा भजन प्रतियोगिता, हरि कृर्तन भजन समुह भयो प्रथम

images
  • देवदह महोत्सवमा भजन प्रतियोगिता, हरि कृर्तन भजन समुह भयो प्रथम
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा भजन प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगितामा हरि कृर्तन भजन समुह प्रथम भएको छ ।

    images
    images
    images

    प्रतियोगितामा माथागढी एकादशी भजन समुह द्धितिय र नवदुर्गा भजन समुह तृतिय भएको जनाइएको छ । प्रतियोगितामा विजेता बनेको भजन समुहले नगद ७ हजार, उपविजेताले नगद ५ हजार र तृतिय स्थान प्राप्त गर्ने भजन समुहले नगद ३ हजार प्राप्त गरेको संयोजक महोत्सवका सांस्कृतिक संयोजक पिताम्बर  खरेलले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा राष्ट्रिय कलाकार नारायण लेकाली र भरत क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

    images
    images
    images
    IMG-20250127-WA0003.jpg

    पछिल्लो समय भजन लोप हुदै गएको अवस्थामा भजनको संरक्षण गर्ने उदद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले बताए । नयाँ पुस्ताले भजन विर्सदै गएको अवस्थामा युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने गरी महोत्सवमा भजन प्रतियोगिता आयोजना  गरिएको उनको भनाइ छ । 

    प्रतियोगितामा क्षेत्रमा रहेका नौ वटा भजन समुहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।