Logo

२०८३, श्रावण २७गते


images
images

देवदह युथ आइकन २०२४ : नेपाली माटोमा शान्ति र अवसरको खोजी

देवदह युथ आइकन २०२४ : नेपाली माटोमा शान्ति र अवसरको खोजी

images
  • देवदह युथ आइकन २०२४ : नेपाली माटोमा शान्ति र अवसरको खोजी
    images
    images

    देवदह । देवदह युथ आइकन २०२४ को लागि छनौट भएका सहभागिहरुको ट्रेनिङ सेसन शनिवार सम्पन्न भएको छ । आईकन अन्तर्गत ट्रेनिङ्ग सेसनको अन्तिम दिन सहभागिहरुलाई मनको शान्ति र मेडिटेसन, उद्यमशिलता र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण तथा लुम्बिनी क्षेत्रीय प्रहरी तालिम केन्द्रमा सेल्फ डिफेन्स सम्बन्धि तालिममा सहभागि गराइएको छ । 

    images
    images
    images

    शनिवारको पहिलो सेशनमा भिक्षु सागर धम्मले मनको शान्ती र मेडिटेसनबारे सहभागिहरुलाई प्रशिक्षित गरे । सो अवसरमा भिक्षु धम्मले देवदहसंग जोडिएको बौद्ध इतिहासबारे बताए । देवदहको नामाकरण र यसको ऐतिहासिकता र अध्यात्मसंग जोडिएको देवदहको पृष्ठभूमिबारे उनले प्रवचन दिए । त्यसैगरी संसारमा मानवनिर्मित शक्ति, प्राकृतिक शक्ति र आध्यात्मिक शक्ति रहेको उल्लेख गर्दै उनले अध्यात्मिक ज्ञानले मात्र मनको शान्ति प्राप्त हुने विचार व्यक्त गरे । 

    images
    images
    images

    त्यसैगरी शनिवारको दोस्रो सेशन अन्तरगत ‘नेपाली माटो, अवसर र सोंच’ शिर्षकमा सहभागीले वाककला प्रस्तुत गरे । वाककला प्रस्तुत गर्दै सहभागीले देशमै अवसरका सम्भावना रहेकोले युवा पुस्ताले त्यसलाई चिन्नुपर्ने विचार व्यक्त गरे । सुरुवाती चरणमा छनौट गरिएका ५५ जनामध्येबाट शनिबारसम्म आइपुगेका १० जना सहभागीले वाककला प्रस्तुत गरेको देवदह जेसिजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए । शनिवारको सेशनबाट पाँच जना विदा हुने र बाँकी रहेका पाँच जनामध्येबाट २२ गते एकजनालाई देवदह युथ आइकन २०२४ र एक जनालाई सेकेन्ड रनरअप घोषित गरिने अध्यक्ष पराजुलीले बताए ।

    images
    images
    images

    साथै आइकनमा सहभागीलाई शनिवार नै लुम्बिनी क्षेत्रीय प्रहरी तालिम केन्द्रमा सेल्फ डिफेन्स सम्बन्धि प्रशिक्षण दिइएको छ । आफुलाई अप्ठ्यारोमा कसरी बचाउने र आवश्यक पर्दा अरुलाई पनि मुस्किलमा कसरी सहयोग गर्ने भन्ने विषयमा प्रहरी तालिम केन्द्रमा प्रशिक्षण दिइएको जेसिसका महासचिव चित्रबहादुर आलेले जनाकारी दिए । 

    शुक्रबारको सेशनबाट छनौटमा परेका १० प्रतिष्पर्धीको सहभागिता रहेको उक्त सेसनको निर्णयकको भुमिकामा देवदह प्रेस क्लवका अध्यक्ष विष्णु प्रसाद पोखरेल, सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेल र साहित्यकार सरस्वती बश्याल रहेका थिए । 

    मंसिर ७ गते शुक्रबार छनौट चरणसंगै सुरु भएको देवदह युथ आइकन विभिन्न चरणहरुमा रहेर १५ दिनसम्म सञ्चालन हुनेछ । युथ आइकनको विजेताले नगद १६ हजार ६६६ रुपैंया सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा रनरअपले ११ हजार १११ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    सन् २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि ‘देवदह युथ आईकन’ सञ्चालन गर्दै आएको छ । युथ आईकन २०२४ सम्पन्न गर्नका लागि करिव ५ लाख ४ हजार पाँच सय रुपैँया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह युथ आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।