Logo

२०८३, श्रावण २७गते


images
images

देवदह युथ आइकन २०२४ : सहभागिलाई दिइयो विशेष जिम्मेवारी

देवदह युथ आइकन २०२४ : सहभागिलाई दिइयो विशेष जिम्मेवारी

images
  • देवदह युथ आइकन २०२४ : सहभागिलाई दिइयो विशेष जिम्मेवारी
    images
    images

    देवदह ।  देवदह युथ आइकन २०२४ को लागि छनौट भएका सहभागिहरुलाई शनिवार बिशेष ब्रिफिङ्ग सहितको जिम्मेवारी (टास्क) दिईएको छ । देवदह शितलनगर स्थित मदन आश्रित हलमा सम्पूर्ण सहभागीलाई प्रशिक्षक रमेश अर्यालले ब्रिफिङ्ग सहितको जिम्मेवारी प्रदान गरेका हुन् । 

    images
    images
    images

    सहभागिहरुलाई सात समूहमा विभाजन गरीे मंसीर १३ गते सम्मको लागि बिभिन्न  जिम्मेवारीहरु बाँडफाँड गरिएको छ । दिईएको जिम्मेवारीलाई सहभागीले आफ्नै लागि हो भन्ने सोँचेर पूरा गर्नुपर्नेछ । प्रशिक्षक अर्यालले भने ‘तपाईहरुलाई जुन जिम्मेवारी दिईएको छ, त्यसले देवदह युथ आइकन २०२४ को प्रारम्भिक नतिजा देखाउनेछ ।’ 

    images
    images
    images

    युथ आइकन अन्तर्गत शुक्रबार देवदहका विभिन्न १३ विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत ५५ जना  बिद्यार्थीहरु छनौट गरिएको थियो । जसमा १२ जना कक्षा १० भन्दा तलका भएकाले उनीहरुलाई प्रतिष्पर्धामा सहभगि नगराई छुट्टै समुहमा प्रशिक्षण गराईने देवदह जेसीजका अध्यक्ष आनन्द पराजुलीले बताए । 

    images
    images
    images

    अध्यक्ष पराजुलीका अनुसार ४३ जना प्रतिष्पर्धीहरुलाई ४ वटा जिम्मेवारी (टास्क) प्रदान गरिएको छ । जस अन्तर्गत सहभागिहरुले पहिलो जिम्मेवारी अन्तर्गत २४ घण्टे टाईम कार्ड बनाउनुपर्नेछ । जसमा आफुले त्यो समयमा के–के गरियो भन्ने कुरा उल्लेख हुनेछन् । 

    त्यसैगरी सहभागिहरुले दोश्रो टास्कमा रहेर आफ्नो जीवनी तयार गर्नुपर्नेछ । ३ चरणमा तयार गरिने जीवनीमा जन्मेदेखी ५ कक्षा अध्ययन गर्ने समयसम्मको एउटा चरण हुनेछ भने अर्को चरण कक्षा  ५ देखि वर्तमान सम्मको रहनेछ । त्यसैगरी दोश्रो टास्क अन्तर्गत रहेर सहभागिले भोलीको भविष्य सम्मको कल्पना गर्नेछन् । 

    तेस्रो टास्कमा सहभागिले मेरो दैनिकी शिर्षकमा पहिलो टास्कमा दिइएको टाईमकार्डलाई ब्रिफिङ्ग गर्नेछन् । जसमा आजको उपलब्धि, गल्ती कमजोरी, आफुले गरेको व्यवहारले कसैलाई पु¥याएको असर अनि त्यसलाई सुधार कसरी गर्ने लगाएत विषय उल्लेख हुनेछन् ।

    सनिवार प्रदान गरिएको चौथो जिम्मेवारी (टास्क) मा सहभागिहरुलाई ‘डिजिटल नेपाल र युवा पुस्ता’, ‘युवाको नजरमा पुर्खाको देवदह’, ‘नेपाली माटो ः अवसर र सोँच’ शिर्षकका तिन वटा विषय प्रदान गरिएको छ । आफुलाई परेको शिर्षकमा सहभागिहरुले वाक कला प्रस्तुत गर्नेछन् । 
    मंसिर ७ गते छनौट चरणसंगै सुरु भएको देवदह युथ आइकनमा १३ गतेबाट सहभागिहरुले क्रमश आफुले पाएको जिम्मेवारी (टास्क) मा रहेर प्रस्तुती गर्ने महासचिब तथा कार्यक्रम संयोजक चित्र आलेले जानकारी दिए । 

    कार्यक्रममा छनौट भएका विद्यार्थीमध्ये एकजना युथ आइकन विजेता र एकजना रनर अप  घोषित हुनेछन् । युथ आइकन २०२४ को विजेताले १६ हजार ६६६ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा रनरअपले ११ हजार १११ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
    २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि देवदह युथ आईकन गर्दै आएको छ । युथ आईकन २०२४ सम्पन्न गर्नका लागि करिव ५ लाख ४ हजार पाँच सय रुपैँया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह युथ आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।