Logo

२०८३, श्रावण २७गते


images
images

देवदह युथ आइकन २०२४ : सहभागिले सम्झिए देवदहको विकासमा पुर्खाको योगदान

देवदह युथ आइकन २०२४ : सहभागिले सम्झिए देवदहको विकासमा पुर्खाको योगदान

images
  • देवदह युथ आइकन २०२४ : सहभागिले सम्झिए देवदहको विकासमा पुर्खाको योगदान
    images
    images

    देवदह । देवदह युथ आइकन २०२४ को लागि छनौट भएका सहभागिहरु शुक्रवार पनि ट्रेनिङ सेसनमा सहभागि भएका छन् । उनीहरुलाई शुक्रवार जीवन उपयोगि सीप, सफलताको कथा र बित्तिय साक्षरता सम्बन्धि सेसन सञ्चालन गरिएको छ । शुक्रवारको सेसनमा प्रमुख प्रशिक्षक रमेश अर्याल र बैङ्कर अर्जुन ज्ञवालीले सहजिकरण गरेका थिए ।

    images
    images
    images

    त्यस्तै अर्को सेसनमा ‘युवाको नजरमा पुर्खाको देवदह’ शिर्षकमा सहभागिहरुले वाककला प्रस्तुत गरे । प्रत्येक सहभागिलाई तिन मिनट समय अवधि दिईएकोमा उनीहरुले विषयवस्तु भित्र रहेर देवदहका ऐतिहासिक तथा साँस्कृतिक क्षेत्रहरु, परम्परागत भाषा, सँस्कृति, भेषभुषा पुर्खाले दिएको उपहार र चिनो सम्झिएर युवाहरुले संरक्षण गर्नुपर्ने धारणा राखेको देवदह जेसीजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए

    images
    images
    images

    बिहिवारको सेसनबाट छनौटमा परेका २० प्रतिष्पर्धीको सहभागिता रहेको उक्त सेसनको निर्णयकको भुमिका देवदह प्रेस क्लवका अध्यक्ष विष्णु प्रसाद पोखरेल र पत्रकार पवन पौडेलले गरेका थिए । 

    images
    images
    images

    कुल २० जना प्रतिस्पर्धी मध्ये शुक्रवारको टास्क सम्पन्न भएसंगै उनीहरुलाई सनिवारको सेसनमा सहभागि गराईनेछ । सेसनका हरेक क्रियाकलापमा उनीहरु सहभागि भएपनि शुक्रवार निर्णायकले दिएको नतिजाको आधारमा १० जना मात्र प्रतिष्पर्धी हुने र सो बारे सनिवार मात्र सहभागिले जानकारी पाउने जेसीजका महासचिब तथा कार्यक्रम संयोजक चित्र आलेले जानकारी दिए । 

    आईकन अन्तर्गत सनिवार छनौटमा पर्ने सहभागिहरुलाई मनको शान्ती र मेडिटेसन, उद्यमशिलता र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण, लुम्बिनी क्षेत्रीय प्रहरी तालिम केन्द्र मा सेल्फ डिफेन्स सम्बन्धि तालिममा सहभागि गराईने छ । दोश्रो सेसनमा ‘ नेपाली माटो, अवसर र सोँच’ शिर्षकमा वाककला प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशिक्षक रमेश अर्यालले जानकारी दिए । 

    मंसिर ७ गते शुक्रबार छनौट चरणसंगै सुरु भएको देवदह युथ आइकन विभिन्न चरणहरुमा रहेर १५ दिनसम्म सञ्चालन हुनेछ । प्रतिष्पर्धाबाट मंसीर २२ गते युथ आइकन–२०२४ र एक जना रनर अफ घोषणा हुनेछन् । युथ आइकनको विजेताले नगद १६ हजार ६६६ रुपैंया सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा रनरअपले ११ हजार १११ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    सन् २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि ‘देवदह युथ आईकन’ सञ्चालन गर्दै आएको छ । युथ आईकन २०२४ सम्पन्न गर्नका लागि करिव ५ लाख ४ हजार पाँच सय रुपैँया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह युथ आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।