Logo

२०८३, श्रावण २७गते


images
images

देवदह युथ आइकन

'देवदह युथ आइकन २०२४' को तयारीमा देवदह जेसिज

'देवदह युथ आइकन २०२४' को तयारीमा देवदह जेसिज

images
  • 'देवदह युथ आइकन २०२४' को तयारीमा देवदह जेसिज
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा 'देवदह युथ आइकन - २०२४' हुने भएको छ । देवदह जेसिजको आयोजनामा मंसिर ७ देखि २२ गतेसम्म युथ आइकन संञ्चालन गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    images
    images
    images

    आइकनमा देवदहमा रहेका १३ वटा माध्यामिक विद्यालयहरुबाट ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने देवदह जेसिजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए । "युवाहरुको क्षमता तथा नेतृत्वसङ्गै चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले आइकनको आयोजना गरिएको हो ।"  पत्रकार सम्मेलनमा अध्यक्ष पराजुलीले भने, "प्रत्येक विद्यालयबाट १० जना विद्यार्थीलाई प्री-अडिशनमा सहभागी गराउने र प्रती विद्यालय ४ जनाका दरले  ५२ जना विद्यार्थी छनौट गरी उत्कृष्ट एक जनालाई देवदह युथ आइकन २०२४ घोषणा गरिने छ ।"

    images
    images
    images

     प्री-अडिशनको लागि १३ वटा विद्यालयमा विद्यार्थी छनौट गर्न जेसिसले १३ वटा संयोजक चयन गरेको संस्थाका महासचिव समेत रहेका कार्यक्रम संयोजक चित्रबहादुर आलेले जानकारी दिए । "छनौट भएका विद्यार्थीहरुलाई ३ दिनको औपचारीक तालिममा सहभागी गराइने छ ।" महासचिव आलेले भने, "तालिममा वाक कला, नेतृत्व विकास, क्षमता अभिवृद्धी, सामाजिक उत्तरदायीत्व लगायतका विषय समावेश गरीएको छ  ।"

    images
    images
    images

    युथ आइकनको उपाधि विजेताले १६ हजार ६६६ रुपैयाँ  नगदसहित, शिल्ड मेडल र प्रमाणपत्र तथा उपविजेताले ११ हजार १११ रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । 

    आइकन सम्पन्न गर्नका लागि करीब ५ लाख ४ हजार पाँच सय रुपैया खर्च अनुमान गरिएको जनाइएको छ  । प्रायोजक र अन्य सहयोग तथा जेसिजको आफनै कोष मार्फत खर्च व्यवस्थापन गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

    सन् २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि देवदह यूथ आइकन सुरु गरेको हो  । २०२० सम्म लगातार कार्यक्रम गरिरहेको जेसिजले विगत तीन वर्षदेखि देवदह यूथ आइकनलाई स्थागन गरेको थियो । विविध कारणले विगतका वर्षमा गर्न नसकिएको कार्यक्रमलाई अब निरन्तरता दिने जेसिजले जनाएको छ  ।

    त्यसैगरी देवदह जेसिजले संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको बर्ष २०२५ को कार्यकारी अध्यक्ष पदको लागि प्रतिस्पर्धामा उत्रिएको समेत  जानकारी गराइएको छ  । गतवर्ष अध्यक्ष पदमा पराजित भएका गुरुङ आसन्न पुषको ६, ७ र ८ गते इटहरीमा हुने जेसिजको राष्ट्रिय महाधिवेशनमा पुन: अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने देवदह जेसिजले जनाएको हो ।

    पत्रकार सम्मेलनमा देवदह जेसिजका प्रथम उपाध्यक्ष कमला अर्याल लगायतले बोलेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह युथ आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।