Logo

२०८३, श्रावण २७गते


images
images

देवदह युथ आइकन : ट्रेनिङ सेशन सुरु

देवदह युथ आइकन : ट्रेनिङ सेशन सुरु

images
  • देवदह युथ आइकन : ट्रेनिङ सेशन सुरु
    images
    images

    देवदह ।  देवदह युथ आइकन २०२४ को लागि छनौट भएका सहभागिहरुको ट्रेनिङ सेशन सुरु भएको छ । तीन दिनसम्म संचालन हुने ट्रेनिङ सेशन अन्तरगत  बिहिवार सहभागीले वाककला प्रस्तुत गरेका छन् । 

    images
    images
    images

    सहभागीलाई सात समूहमा विभाजन गरी दिईएको टास्क अन्तर्गत बिहिवार उनीहरुले ‘डिजिटल नेपाल र युवा पुस्ता’ शिर्षकमा रहेर वाककला प्रस्तुत गरे । 

    images
    images
    images

    प्रत्येक सहभागिलाई तिन मिनेट समय अवधि दिईएकोमा उनीहरुले त्यसभित्र रहेर डिजिटल प्रविधिको प्रयोग, त्यसबाट हुने फाईदा, बेफाईदा, युवा पुस्तामा प्रविधिको आकर्षण, नेपालको बेरोजगारी समस्या तथा प्रविधिको प्रयोगबाट आर्थिक विकासमा पर्ने प्रभावबारे धारणा राखेको देवदह जेसीजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए ।  

    images
    images
    images

    सहभागीको वाककला प्रस्तुतिमा कार्यक्रममा पत्रकार पवन पौडेल र साहित्यकार शुसिल सापकोटाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

    युथ आईकनमा यसअघि सहभागिहरुले पाएका जिम्मेवारी (टास्क) अन्तर्गत २४ घण्टे टाईम कार्ड बनाएर आ–आफ्नो जीवनी समेत तयार पारि प्रस्तुत गरेका छन् । आजै सहभागिहरुले तेस्रो टास्क अन्तर्गत ‘मेरो दैनिकी’ शिर्षकमा पहिलो टास्कमा दिइएको टाईमकार्डलाई ब्रिफिङ्ग समेत गरे । जसमा आजको उपलब्धि, गल्ती कमजोरी, आफुले गरेको व्यवहारले कसैलाई पु¥याएको असर अनि त्यसलाई कसरी सुधार गर्ने लगायत विषयहरु समेटिएको थियो । 

    कुल ३० जना प्रतिस्पर्धीमध्ये आजको टास्क सम्पन्न भएसंगै २० जनालाई भोलिको सेसनमा सहभागि गराईने जेसीजका महासचिब तथा कार्यक्रम संयोजक चित्र आलेले जानकारी दिए । आलेले भने, ‘आजका सम्पूर्ण टास्कका चरणहरु पार गरेर केहि प्रतिष्पर्धी बाहिरिएको भएपनि शुक्रबार मात्रै उनीहरुलाई आफु बाहिरिएको थाहा हुनेछ ।’ भोलिको कार्यक्रमको तयारी समेत सम्पूर्ण प्रतिष्पर्धीले गरेर आउने तर स्टेजबाट २० जनाको मात्र नाम उद्घोष गरिने संयोजक आलेले बताए । 

    आईकन अन्तर्गत शुक्रबार छनौटमा पर्ने सहभागिहरुलाई जीवन उपयोगि सीप, सफलताको कथा र वित्तीय साक्षरता सम्बन्धि सेसन सञ्चालन गरिने र दोश्रो सेसनमा ‘युवाको नजरमा पुर्खाको देवदह’ शिर्षकमा वाककला प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशिक्षक रमेश अर्यालले जानकारी दिए । 

    मंसिर ७ गते शुक्रबार छनौट चरणसंगै सुरु भएको देवदह युथ आइकनमा ८ गते विभिन्न विद्यालयबाट छनौट भएका ४३ जना सहभागिहरुलाई टास्क प्रदान गरिएको थियो । 

    १५ दिन सम्म सञ्चालन हुने प्रतिष्पर्धाबाट मंसीर २२ गते युथ आइकन–२०२४ र एक जना रनर अफ घोषणा हुनेछन् ।  युथ आइकनको विजेताले नगद १६ हजार ६६६ रुपैंया सहित सिल्ड, मेडल र प्रमाणपत्र तथा रनरअपले ११ हजार १११ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    सन् २०१५ मा स्थापना भएको देवदह जेसिजले २०१८ देखि ‘देवदह युथ आईकन’ सञ्चालन गर्दै आएको छ । 

    युथ आईकन २०२४ सम्पन्न गर्नका लागि करिव ५ लाख ४ हजार पाँच सय रुपैँया खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह युथ आइकन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।