Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्र वालिङ्ग नगर बन्यो एमसीसी खारेजीको निर्णय गर्ने पहिलो कमिटी 

माओवादी केन्द्र वालिङ्ग नगर बन्यो एमसीसी खारेजीको निर्णय गर्ने पहिलो कमिटी 

images
  • माओवादी केन्द्र वालिङ्ग नगर बन्यो एमसीसी खारेजीको निर्णय गर्ने पहिलो कमिटी 
    images
    images

    स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जा जिल्ला अन्तर्गतको वालिङ्ग नगर कमिटी एमसीसी खारेजीको निर्णय गर्ने पहिलो कमिटी बनेको छ । मंगलबार बसेको पार्टीको नगर कमिटीको बैठकले एमसीसी खारेजीको निर्णय गरेको हो ।

    images
    images
    images


    पार्टी नगर संयोजक रमेश अर्यालको अध्यक्षतामा नेपथ्य होटल मिर्दिमा सम्पन्न बैठकले एमसीसी खारेज गर्ने लगायतका निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख छबिलाल डुम्रेले बताए । "संगठन संबन्धी धेरै महत्त्वपूर्ण निर्णयहरू भएका छन् तर राजनैतिकरुपमा एमसीसी खारेजीको जुन निर्णय भएको छ त्यो ऎतिहासिक छ" डुम्रेले सेतोमसीसंग भने ।

    images
    images
    images


    बैठकले केन्द्रको निर्देशन अनुसार भदौ मसान्तसम्म सबै वडामा सदस्यता नवीकरण तथा बितरण गर्ने, सङ्ठनका विभिन्न बिभागमा प्रमुख चयन गर्ने, असोज १० गते सबै वडाका गाउँ र सेलकमिटिको सम्मेलन गर्ने २० गते वडा सम्मेलन हुँदै कार्तिक ६ गते वालिङ नगरपालिका पार्टीको नगर सम्मेलन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

    images
    images
    images

     

    बैठकमा माओवादी केन्द्र स्याङ्जा इन्चार्ज शैलेन्द्र घिमिरेको र जिल्ला संयोजक प्रकाश न्यौपाने, प्रदेश कमिटी सदस्य तारा भुसाल, वालिङ नगर इन्चार्ज कल्पना अर्याल, नेत्री दिपा भुसालको लगायतको उपस्तिथि रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।