Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्न गृहमन्त्रीको निर्देशन

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्न गृहमन्त्रीको निर्देशन

images
  • दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्न गृहमन्त्रीको निर्देशन
    images
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    संहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिए ।

    images
    images
    images

    बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताए ।

    images
    images
    images

    “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भने,“लामो दूरीका सवारी साधनमा दुईवटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे/नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”

    मन्त्री लेखकले जोखिम रहेका सडक तथा राजमार्गहरू तत्काल मर्मतसम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरुलाई आग्रह गरेका थिए ।

    “जोखमपूर्ण सडकको तत्काल मर्मत गर्न सम्बद्ध पक्ष र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ”, प्रवक्ता तिवारीले भने,“ट्राफिक नियम उल्लङ्घन गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।”

    बैठकमा सहभागीहरूले प्रविधिमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापनमा पनि आधुनिक प्रविधिको प्रयोग गर्न जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिए ।

    बैठकमा मन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, सडक विभागका सिडिई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।