काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबिच ठिक ढंगको समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताए । समिति र स्रोत साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ ।
लेखकले विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए । उनले भने, ‘अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ । विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।’
फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाई छ । उनले भने, ‘फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौंकी सकेनौं ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूतिगरेको मानिसलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौ की सकेनौं । त्यो फौजदारीको न्यायको मुख्य उद्देश्य हो ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology