Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा बैठक

गृहमन्त्री लेखकले राजीनामा दिएर मात्र हुदैन, छानबिन समेत हुनुपर्छ : रास्वपा

गृहमन्त्री लेखकले राजीनामा दिएर मात्र हुदैन, छानबिन समेत हुनुपर्छ : रास्वपा

images
  • गृहमन्त्री लेखकले राजीनामा दिएर मात्र हुदैन, छानबिन समेत हुनुपर्छ : रास्वपा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेको छ । 

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताए ।

    images
    images
    images

    यो सामान्य भ्रष्टाचारको विषय मात्र नभएको भन्दै सांसद खनालले गृहमन्त्रीको सचिवालयको समेत संलग्न रहेको विषय बाहिर आएकोले राजीनामा नदिएसम्म संसदको गतिबिधि अगाडी बढ्न नसक्ने बताए ।

    images
    images
    images

    यसअघि माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका थिए ।

    पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफुहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।