संजय गुरुङ, रुपन्देही । मानवीय जीवनमा स्वास्थ्य अवस्थ ठिक रहेमात्र समाज रुपान्तरण हुन्छ। २२ औं शताब्दीको युगको चरणमा टेकेका मानवीय ब्यक्ति केही समस्या हुने बित्तिकै औषधि उपचारको लागि हामी मेडिकल वा अस्पताल तुरुन्तै गै हाल्छौ । तर, आफ्नो घरको खेतवारि र बनजङ्लमा पाइने जेडिबुटी छोडेर डाक्टर भेट्न जान्छौ । एलोपेथिक औषधिको रुपमा दिईने औषधिले मानव शरीरलाई कति नोक्सानी गर्छ भनेर थाहा हुँदा हुँदा पनि हामीले सेवन गर्छौ ।
यहि बिषयलाई मध्यनजर गर्दै बुटवलमा आयोजित एक कार्यक्रम एपि एफ इन्टरनेशनल प्रा.लि रुपन्देहीको आयोजनामा मौरी जन्य पौष्टिक आहार तथा मौरीजन्य सान्दर्य प्रशोधन सामग्री सम्बन्धि सचेतना कार्यक्रम बुटवलको मेरिगोल्ड होटेलमा कार्यक्रम सम्पन्न भएको थियो।
आयुबौदिक बैज्ञानिक प्राध्यापक डा. राजेन्द्र ज्ञवालीले एपि लाइभ इन्टरनेशनल प्रा.लि को परिचय दिदै कार्यक्रम सन्चालन गरेका थिए । नेपालमा उत्पादित जडिबुटी र उत्पादित कच्चापदार्थबाट उत्पादित कस्मेटिक लगायत मानव जीवनमा चाहिने सम्पुर्ण सामग्री यस संस्थाले उत्पादन गर्दै आईरहेको बताउदै नेपालमा देश तथा बिदेश बाट विभिन्न किसिमको बिषदयुक्त सामग्री भित्रने हुँदा त्यस सामग्रीले हामीलाई कति नोक्सान गर्छ भन्नेकुरा ख्याल गर्नमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रममा समाजसेवी मनोज राना, लाल बहादुर थापा लगायत उद्योगपति तथा राजनीतिक ब्याक्तित्वहरु समेत कार्यक्रममा सहभागी भएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology