रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ५ मा ३५ जना बाढी पीडित परिवार लाई राहत वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सयोग उपशाखा धकधई र पड्सरी शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
अविरल बर्षाका कारण नोक्सान भएका बाढी पीडित परिवार लाई नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय पुर्ब उपाध्यक्ष एवम् प्राध्यापक सुदर्शन नेपाल र मन्त्री आर मोहम्मद खां तथा ओमसतिया गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधि को रोहवरमा राहत वितरण गरिएको थियो।
विहिवार बाट परेको अविरल बर्षाका कारण ओमसतिया गाउँपालिका वडा नम्बर ५ को पिपराहिया,भाठा, गौरी, पटखौली, तरैनी, धन्छी र भेलाई समेतको गाउँमा बाढीले प्रभावित परेको थियो । कार्यक्रममा धकधई उपशाखाका सचिव पशुपति यादव, सहसचिव मदन पोख्रेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम पड्सरी शाखाका सचिव राजेन्द्र प्रसाद चौधरीले कार्यक्रम सन्चालन गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology