Logo

२०८३, आश्विन १०गते


images
images

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै छन् : अर्थमन्त्री पौडेल

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै छन् : अर्थमन्त्री पौडेल

images
  • अर्थतन्त्रका सूचक सकारात्मक बन्दै छन् : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् ।

    images
    images
    images

    सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए ।

    images
    images
    images

    आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए ।सोहीकारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए ।

    ‘हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ’, पौडेलले भन्ने, ‘केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’

    आफूले चाहे जसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको पौडेलको भनाई छ ।

    मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए । एक वर्षमा तीन जना अर्थमन्त्री फेरिने गरेको सन्दर्भमा बोल्दै उनले यसको समाधान गर्नै वर्तमान सरकार आएको बताए ।

    उनले भने, ‘निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्छ ।’

    निजी क्षेत्र गुनासोभन्दा पनि सरकारलाई सहयोग गर्न लाग्नुपर्ने उनको भनाइ छ । ‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईँहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ’, उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’

    चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रूपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताए ।

    ‘बाह्य क्षेत्र सहज हुँदै गएको छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  छ । अटोमोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ’, गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जाने छौँ ।’

    सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताए ।

    बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

    ‘बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुटाउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ’,  ढकालले भने, ‘अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।’

    निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने उनको माग छ ।

    सेजनलाई २६ औं वार्षिक साधारण सभाको शुभकामना दिँदै नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए ।

    ‘बाह्यक्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर अहिले आयात र निर्यात घटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो’, अध्यक्ष अग्रवालले भने ।

    अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ ।

    सेजन अध्यक्ष सुजन ओलीले अध्यक्ष भएको एक वर्षमा तीन अर्थमन्त्रीसँग सहकार्य गरेको भन्दै यसले देशको राजनीतिक अस्थिरता देखाएको बताए ।

    ‘गत भदौमा हाम्रो कार्यकाल सुरु भएपछि तीन जना अर्थमन्त्रीसँग सहकार्य गर्न मौका मिल्यो । यसले हाम्रो राजनीति अस्थिरता देखाएको छ । राजनीति स्थिर भए मात्रै अर्थतन्त्रमा सुधार आउँछ’, उनले भने, ‘अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक पत्रकारहरूको संस्था भएकाले पनि यसमा हाम्रो चासो र चिन्ता रहेको छ । यसमा अन्य अर्थ भन्दा पनि राजनीतिक अस्थिरता प्रतिविम्बत भएको छ ।’

    यस्तै सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सेजन जुन सोचले सुरु गरेको सोही अनुसार अघि बढेकोमा खुसी व्यक्त गरे । ‘हामीले सेजन सुरु गर्दा जुन उद्देश्यले गरेका थियौँ सोही अनुसार अघि बढेको छ । हालका अध्यक्षसम्म आइपुग्दा संस्था झन् बलियो भएर गएको छ”, उनले भने, “कतिपय अवस्थामा यसमा गलत तत्त्व हाबी हुँदै गएको भन्ने आरोप लागेको छ यसमा भने सेजन चनाखो हुनुपर्छ ।’ सबैमा राजनीतिक आस्था भए पनि संस्था र समाचारमा त्यो देखाउन नहुने प्रधानले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।