काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमवाल (आज) राति चीन प्रस्थान गर्ने भएका छन् ।
चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology