Logo

२०८३, आश्विन १०गते


images
images

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल

images
  • जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल
    फाइल फोटो
    images
    images

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको बताए ।

    images
    images
    images

    सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनको भनाइ छ । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा पनि देखिएकाले यसलाई गति दिन सरकारले आवश्यक वातावरण बनाउने बताए ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिन आफू सकारात्मक रहेको बताए । उनले यस विषयमा छलफलमा आउन व्यवसायीलाई आग्रह गरे ।

    images
    images
    images

    उनले अनुमतिप्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने पनि बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।