काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन उनी आज राति अमेरिकाको वासिङ्टन डीसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।
डीसी र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology