रुपन्देही । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश गरिब बस्तीका भोका पेटको साहारा बनेको छ । पछिल्लो समय कोरोना महामारीबाट प्रभावित रुपन्देहीको कञ्चन गाउँपालीका–२, मटेरिया विजयनगरका विपन्न तथा लोपोन्मुख मुसहर समुदायका मजदुरी गरेर गुजारा गर्ने ४० परिवारलाई शनिबार बुहारी आवाजले खाद्यान्न सहयोग गरेको छ ।
नेपाल आयरल्याण्ड समाजको आर्थिक सहयोग र नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटाको समन्वयमा साथै सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा १० जना गर्भवति / सुत्केरी/ किशाेरिलाई मर्यादाकिट (महिलाले प्रयोग गर्ने सामाग्री युक्त) समेत हस्तान्तरण गरको छ । 
उक्त कार्यक्रममा बोल्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजकी प्रदेश संयोजक लता खड्काले सरकारले मुसहर समुदायको स्तर उन्नतिको लागि गरेको काममा साथ दिदै सहयोग पुर्याउन्ने हेतुले राहतका सामाग्री हस्तान्तरण गरिएको बताईन । कार्यक्रममा बोल्दै खड्काले भनिन् - ‘गरिबीका कारण कोही भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कोरोनाले रोजगारी गुमाई पीडामा परेका परिवारलाई चामल, दाल, नुन, सोयाबिनयाबिन लगाएत तथा महिलाहरूका लागि मर्यादा कीट हस्तान्तरण गरेकाछौं ।' ८५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा ५५ हजार मुल्य बराबरको मर्यादा कीट गरि एक लाख ३० हजार मूल्य बराबरको सहयोग गरिएको संयोजक खड्काले बताईन ।
'जहाँ चेतना छैन, त्यहाँ गरिबी हुने बताउँदै' कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउँपालीकामा चेतना वृद्धिका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताए । उनले लोपोन्मुख ४० मुसहर र अन्यगरि १२० परिवारलाई बासस्थानको निर्माण गरि हस्तान्तरण गरिएको बताए । उनले राहत बितरण गर्नुपर्दा लज्जा महसुस हुने भन्दै हरेक जनतालाई रोजगारीका लागि सिप मुलक तालिम तथा अनुदान दिदै आएको बताए । मुसहर समुदायका विद्यार्थीहरुलाई उच्चतह सम्म नि:शुल्क शिक्षा स्थानीय सरकारले दिने बताए । उनले मेचीमहाकाली बुहारी संयुक्त आवाजले राम्रा काम गरेको आफुले सुनेको बताउँदै सो समाज सुधारको अभियानमा आफ्नो नेतृत्वको स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताए ।
अबको अर्थ व्यवस्था समाजवादी भएको बताउँदै नेपाल विकास केन्द्रका अध्यक्ष तथा युवा नेता माधव सापकोटाले कोही धनी र कोही गरीब नहुनेगरी समाजको निर्माण गर्न सबै जुट्नुपर्ने बताए । उनले हामी जनताले समाज परिवर्तनका लागि आफैबाट सुरुवात गर्नुपर्ने बताए ।
'माछा दिने मात्र होइन, माछा मार्न सिकाउनु पर्छ ।' भन्दै संस्थाकी सल्लाहकार तथा सैनामैना नगरपालिकाकि उपप्रमुख विना रानाले आफै काम गरेर खाने वातावरण तर्फ लाग्नुपर्ने बताईन् । कञ्चन गाउँपालीका उपाध्यक्ष गोमा तरामुले गरिब विपन्न तथा लोपउन्मुख मुसहर बस्ती लाई आर्थिक हिसाबले बलियो हुने गरि पालिकाले प्रयास गरेको बताउँदै सर्वपक्षीय सहयोग प्राप्त गर्दा यो समुदाय उप उठ्नसक्ने विश्वास व्यक्त गरिन् ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका वडा नं २ का अध्यक्ष शेर बहादुर थारु, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका पाेम नारायण पाैडेल, आयोजक संस्था नवलपरासी शाखा संयोजक लक्ष्मी भुसाल, कपिलवस्तु शाखा संयोजक चन्दा अर्याल, जनप्रतिनिधि रेनु कुँवर लगायत बोलेका थिए । संस्थाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ र आगामी दिनमा पनि सहयोगको निरन्तरता हुने बताईएको छ ।
उक्त कार्यक्रममा रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला शाखाका पदाधिकारीहरू सहभागी थिए । कार्यक्रम संस्थाकी लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता , रूपन्देही जिल्ला शाखा कि ईन्दु भुसालको स्वागत मन्तव्य तथा रूपन्देही शाखा सचिव इन्द्र कुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology