Logo

२०८३, श्रावण २७गते


images
images

गृहमन्त्री लेखक भन्छन्– प्रहरीको सरुवा हुन्छ, अवधिभन्दा अगाडि पनि सरुवा हुन्छ

गृहमन्त्री लेखक भन्छन्– प्रहरीको सरुवा हुन्छ, अवधिभन्दा अगाडि पनि सरुवा हुन्छ

images
  • गृहमन्त्री लेखक भन्छन्– प्रहरीको सरुवा हुन्छ, अवधिभन्दा अगाडि पनि सरुवा हुन्छ
    images
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवा प्रक्रिया सामान्य नियमित प्रक्रिया भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको सुशासन प्रवर्धनका लागि ‘राष्ट्रिय सदाचार नीति’को आवश्यकता विषयक छलफलका क्रममा उनले कर्मचारी सरुवा निरन्तरताको प्रक्रिया भएको बताए । 

    images
    images
    images

    नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले मन्त्री भएर आउनासाथ समय नपुग्दै प्रहरीको सरुवा गरेको विषयमा उठाएको प्रश्नमा लेखकले भने,‘सरुवाको कुरा गर्नुभयो, कर्मचारीको सरुवा हुन्छ । बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । कहिलेकाहीँ अवधि पनि तोकेको हुन्छ, यति अवधि है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा अगाडि पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्तै योग्य मानिस र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँमा त सबैभन्दा पढेलेखेका मानिस चाहियो, प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’

    images
    images
    images

    उनले प्रहरी सरुवालाई सामान्य रूपमा लिइदिनका लागि आग्रह गरे ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।