सन्जय लामा गुरुङ, ओमसतिया । रुपन्देहीको ओमसतिया गाउँपालिकामा २६ सय आमनागरिक लाई कोभिड -१९ विरुद्धको खोप लगाइएको ओमसतिया गाउँपालिका स्वास्थ शाखा अधिकृत दिपक ज्ञवालीले सेतोमसी लाई जानकारी गराए ।
ओमसतिया गाउँपालिका भित्रपर्ने ६ वाट स्वास्थ चौकीलाई खोप केन्द्र बनाई नागरिकलाई खोप प्रदान गरिएको समेत जानकारी गराए । ज्ञवालीको अनुसार कोभिडशिल्ड खोप ६५ बर्ष समुहको भेरोसिल खोप पहिलो चरणमा ६२ बर्ष उमेर समुह देखि ६५ सम्म लगाइएको थियो भने भेरोसिल खोप दोस्रो चरणमा ५५ बर्ष उमेर देखि ६२ उमेर समूह को समेतलाई खोप लगाइएको र जोन्सन खोप ५० बर्ष उमेर समुह देखि ५४ बर्ष सम्म लगाइएको थीयो ।
गाउँपालिकामा अहिले सम्म १५ सय पुरुष र ११ सय महिला गरि २६ सयलाई खोप लगाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology