देवदह । रुपन्देहीको देवदहमा आयोजित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा संचालित डान्सिङ आईडियलको उपाधि अनुराग काफ्लेले जितेका छन् । सोमबार घोषणा भएको नतिजा अनुसार ९३.८३ प्रतिशत अंक प्राप्त गरेर अनुराग विजेता भएका हुन् ।
७० प्रतिशत जज मार्क्स र ३० प्रतिशत भोटिङ्ग मार्क्स अनुसार मुल्यांकन गरिएको प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गरेर अनुराग देवदह प्रदर्शनी। आइडियल २०८० को विजेता बनेका हुन् ।

डान्सिङ आईडियलको उपविजेता रक्षा पुन बनेकी छन् । उनले ८६.७२ अंक प्राप्त गरेर उपविजेतामा आफ्नो स्थान पक्का गरेकी हुन् ।

त्यसैगरि ८५.०२ अंक प्राप्त गर्दै रिमा कुमारी परियार आइडियलको दोस्रो उपविजेता बनेको डान्सिङ आईडियलका संयोजक कमला अर्यालले जानकारी। दिईन् ।

माघ २२ गते भएको अडिसनबाट छनौट भएका २० जना प्रतियोगीबाट प्रस्तुति र दर्शकको भोटको आधारमा छनौट गर्दै 'टप फाइभ'बाट सोमबार विजेता र। उपविजेता घोषणा गरिएको हो ।
डान्सिङ आईडियलमा विजेता हुनेलाई ३० हजार र उपविजेतालाई २० हजार र दोस्रो उपविजेतालाई १० हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology