देवदह । देवदह महोत्सवमा आजसम्मकै सर्वाधिक दर्शकको सहभागिता रहेको छ । शनिबार १२ हजार बढी दर्शकले मेलाको अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले बताए ।
मेलामा शनिबार विदा रहेको र प्रमुख कलाकारको रूपमा र्याप गायक आशिष राना 'लाहुरे' को उपस्थितिले मेलामा दर्शकको भिड लागेको आयोजकले जनाएको छ । गायक लाहुरेको फ्यानले मेलास्थल देवदह मण्डप खचाखच भरिएको छ ।
महोत्सवमा हालसम्म राष्ट्रिय कलाकार राजु परियार, प्रकाश दुतराज, अर्जुन सापकोटा, ज्योति मगर, बद्री पंगेनी, तारा थापा, बालचन्द्र बराल, बन्दना विश्वकर्मा लगायतले प्रस्तुति दिएका छन भने शनिबार र्याप गायक आशिष राना 'लाहुरे' महोत्सवको मुख्य आकर्षणको रूपमा सहभागी हुदैंछन् । राष्ट्रिय कलाकारको प्रस्तुति र स्थानीय कलाकार तथा स्थानीय सांस्कृतिक गतिविधिले दर्शकलाई महोत्सवमा तानिरहेको मेलाका सांस्कृतिक संयोजक तेजु अर्यालले बताएका छन् ।
मेलामा रहेका स्थानीय उत्पादन सहितका स्टल, बाल उद्यानसंगै सांस्कृतिक खानाका परिकार चाख्न पनि मेलामा देवदहवासीको भिड लागेको मेलाका सचिवालय संयोजक विष्णु न्यौपानेले बताए ।
महोत्सवमा रहेका पर्यटकियस्थलको फोटो र आकृतिमा फोटो खिच्नेको भिड यहाँ देख्न सकिन्छ ।
महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको स्थल व्यवस्थापन उपसमिति संयोजक अजय भण्डारीले जानकारी दिएका छन् ।
कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित फाल्गुन ८ गतेसम्म संचालन हुने महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology